Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

निर्वाचनमा बहुमत ल्याएर नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाइन्छ : झलनाथ खनाल

loading views..
Nepal Telcome

काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गर्ने बताउनुभएको छ ।

जेनजी रेडफोर्सले आयोजना गरेको जेनजी जागरण तथा वृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले पार्टीको अबको मुख्य लक्ष्य निर्वाचनमा बहुमत हासिल गर्नु रहेको बताउनुभयो । बहुमत प्राप्त गरेपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार गठन गरेर देशलाई वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले सम्पूर्ण नेपाली जनताको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टीले गर्ने दाबी पनि गर्नुभयो । साथै, पार्टीका उम्मेदवारलाई विजयी गराउन देशभरि तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकताबद्ध गरेर हामी अब नयाँ समाजवादी क्रान्तितर्फ अघि बढ्दैछौं,” उहाँले भन्नुभयो, “तर अहिले हामी निर्वाचन अभियानमा केन्द्रित छौं । यो निर्वाचनमा देशव्यापीरूपमा हाम्रा उम्मेदवारलाई विजयी गराएर आउने संसदलाई परिवर्तनकारी संसदमा रूपान्तरण गर्नेछौं । बहुमत प्राप्त गरेर नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गर्नु नै आजको हाम्रो कार्यनीतिक लक्ष्य हो ।”

कार्यक्रममा नेता खनालले युवाहरूलाई पार्टी नेतृत्वका लागि तयार पार्ने काममा आफूहरू लागिपरेको पनि जानकारी दिनुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link