Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बाबुरामको सम्मानजनक निर्णय, लेखनाथ न्यौपानेको राजनीतिक यात्रामा निर्णायक मोड

loading views..
Nepal Telcome

गोरखा। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्च राजनीतिक परिपक्वता र जिम्मेवारीबोध प्रदर्शन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। नेकपालाई सहयोग गर्ने प्रतिबद्धतासहित गरिएको यो निर्णयले गोरखाको चुनावी राजनीतिमा नयाँ मोड ल्याएको छ र नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेको अभियानलाई थप बल प्रदान गरेको छ।
बिहान मात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब दुई घण्टा गोप्य वार्ता भएपछि भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन्। राजनीतिक सहमति र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै उनले वाम शक्तिहरूबीच सहकार्यको मार्ग रोजेको राजनीतिक वृत्तमा चर्चा छ।
लेखनाथ न्यौपाने वाम आन्दोलनका अनुभवी, जनसंघर्षबाट खारिएका र संगठनात्मक रूपमा सक्षम नेता हुन्। बाबुराम भट्टराईको समर्थनसँगै उनी गोरखामा वाम शक्तिको साझा प्रतिनिधिका रूपमा स्थापित हुँदै गएका छन्। अब चुनाव केवल व्यक्तिगत प्रतिस्पर्धा नभई वैचारिक स्पष्टता र राजनीतिक स्थिरताको पक्षमा जनमत निर्माण गर्ने अभियानमा रूपान्तरण भएको छ।
बाबुरामको सम्मानजनक कदमले गोरखाको राजनीतिक समीकरणलाई मात्र होइन, राष्ट्रिय राजनीतिलाई पनि गहिरो सन्देश दिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाले लेखनाथ न्यौपानेको पक्षमा जनमत थप ध्रुवीकरण गर्नेछ र वाम आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link