Skip to content
Pokharapress Logo
१७ फाल्गुन २०८२, आईतवार

नेपाली कम्युनिष्ट पार्टीका लोकप्रिय युवा नेता शैलेन्द्र घिमिरे: जनताको भरोसा, युवाको आशा

loading views..

स्याङ्जा। नेपाली कम्युनिष्ट पार्टीका लोकप्रिय युवा नेता शैलेन्द्र घिमिरे पछिल्लो समय जनमुखी राजनीति र विकासको स्पष्ट दृष्टिकोणका कारण स्याङ्जा क्षेत्र नम्बर १ मा जनताको भरोसाको केन्द्र बन्दै आएका छन्।
राजनीतिमा युवाको सक्रिय सहभागिता, सामाजिक न्याय, रोजगारी सिर्जना र समृद्ध समाज निर्माणलाई आफ्नो मूल एजेन्डा बनाउँदै आएका घिमिरे जनतासँग प्रत्यक्ष संवाद गर्ने नेता रूपमा परिचित छन्। गाउँ–टोलदेखि सदरसम्म निरन्तर जनसम्पर्क, समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उनको शैलीले उनलाई जनप्रिय नेताको रूपमा स्थापित गरेको छ।
घिमिरेले युवालाई सीप, अवसर र रोजगारीसँग जोड्ने नीति अघि सारेका छन्। स्थानीय स्रोत–साधनमा आधारित विकास, कृषि र पर्यटन प्रवर्द्धन तथा उद्यमशीलताको विस्तारमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उनको प्रतिबद्धता रहेको छ।
साथै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक न्यायका क्षेत्रमा व्यवहारिक योजना प्रस्तुत गर्दै आएका घिमिरेले महिला, दलित र पिछडिएका समुदायको सशक्तीकरणलाई पनि प्राथमिकतामा राखेका छन्। भ्रष्टाचारविरुद्ध कडा अडान र सुशासनका पक्षमा स्पष्ट धारणा राख्ने उनी जनताको पक्षमा दृढ र कर्मठ नेताका रूपमा चिनिन्छन्।
“जनताको साथ, समृद्ध स्याङ्जा” भन्ने नारासहित शैलेन्द्र घिमिरेले स्याङ्जा क्षेत्र नम्बर १ लाई समृद्ध, न्यायपूर्ण र अवसरयुक्त बनाउने संकल्प व्यक्त गरेका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्