कास्की।कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा यसपटकको चुनाव सामान्य प्रतिस्पर्धा होइन, पुरानो असफल राजनीतिक संरचनाविरुद्ध जनताको निर्णायक संघर्षका रूपमा विकसित हुँदै गएको छ। वर्षौँदेखि दोहोरिँदै आएको निराशा, भ्रष्टाचार र खोक्रा आश्वासनप्रति जनआक्रोश चुलिँदै जाँदा परिवर्तनको विकल्पको खोजी तीव्र बनेको छ।
यही परिवर्तनको केन्द्रमा उभिएका छन्, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार क हेम बहादुर थापा ( किरण) भाषणमा होइन, संघर्षमा खारिएका; चुनावमा मात्र होइन, जनताको दुःख–सुखमा सँगै उभिने नेता भएकै कारण उनीप्रति जनसमर्थन अभूतपूर्व रूपमा बढ्दै गएको छ।
स्थानीय स्तरमा फैलिएको जनभावना स्पष्ट छ।अब कास्की–२ लाई पुरानै अनुहार होइन, साहसी र इमानदार नेतृत्व चाहिएको छ। अब संसदमा दलाल र अवसरवादी होइन, जनताको आवाज पुग्नुपर्छ।
किरण थापाले भ्रष्टाचार विरुद्ध कठोर संघर्ष, जनमुखी विकासको स्पष्ट नीति, युवाको भविष्य सुरक्षित गर्ने कार्यक्रम तथा श्रमिक–किसानको अधिकारका पक्षमा दृढ अडान प्रस्तुत गर्दै आएका छन्। उनका यी प्रतिबद्धताले चुनावी माहोललाई नयाँ दिशा दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, कास्की–२ मा देखिएको वर्तमान परिस्थिति सामान्य चुनावी प्रतिस्पर्धा होइन, पुरानो सत्ता राजनीतिविरुद्ध नयाँ जनमुखी शक्तिको निर्णायक टक्कर हो।
यो चुनाव पुरानो निराशा र नयाँ आशाबीचको ऐतिहासिक संघर्षका रूपमा अघि बढिरहेको छ।
स्थानीय मतदाताबीच अहिले एउटै प्रश्न गुञ्जिएको छ पुरानो असफल राजनीतिलाई निरन्तरता दिने कि परिवर्तनकामी शक्तिलाई जिताउने?
यसको उत्तर कास्की–२ का जनताले मतपेटिकामार्फत दिने तयारी गरिरहेका छन्।



