Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसाय संघ कास्कीको २५ औँ वार्षिक उत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

पोखरा। पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसाय संघ कास्कीको २५ औँ वार्षिक उत्सवको अवसरमा बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
पोखराको मोबाइल बजार, महेन्द्रपुलमा आयोजित उक्त कार्यक्रम संघका अध्यक्ष चिन्तामणी खरेलको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि उदयबहादुर केसी तथा रामघाट ब्लड बैंकका इन्चार्ज महेन्द्र केसी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायण सुबेदी,बरिष्ट उपाध्यक्ष होमबिलास सापकोटा, उपाध्यक्ष जनकराज सुवेदी, महासचिव रामचन्द्र तिवारी, कोषाध्यक्ष दुर्गानाथ लामिछाने, सचिव तीर्थराज देवकोटा लगायत संघका पदाधिकारी, सदस्य तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक विदुर बिसीको संयोजनमा सम्पन्न रक्तदान कार्यक्रममा ठूलो संख्यामा रक्तदाताहरूले सहभागिता जनाएका थिए। संघले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको यस कार्यक्रमले मानव सेवाको भावना प्रवर्द्धन गर्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
संघले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link