Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

चुनबाङबाट प्रचण्डको उद्‍घोष: ‘आगोको राजनीति पराजित हुन्छ, गणतन्त्रको पक्ष विजयी हुन्छ’

loading views..
Nepal Telcome

रुकुम पूर्व।नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष नेता तथा नेकपाका संयोजक प्रचण्डले प्रतिनिधिसभा निर्वाचनलाई परिवर्तन र प्रतिगमनबीचको निर्णायक संघर्षका रूपमा व्याख्या गर्दै आगजनी, अराजकता र कुशासनको राजनीति गर्ने शक्तिहरू पराजित हुने दाबी गर्नुभएको छ।
चुनबाङमा आयोजित जनभेटघाट कार्यक्रममा सम्बोधन गर्दै उहाँले “आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्, गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्” भन्ने उद्घोष गर्नुभयो। उहाँले हालैको बंगालदेशको निर्वाचनलाई उदाहरण दिँदै हल्ला र उग्र नाराभन्दा स्थिरता, एजेन्डा र जनविश्वासले नै अन्ततः विजय हासिल गर्ने तर्क गर्नुभयो।
प्रचण्डले रोल्पा–रुकुम क्षेत्रका जनताले हिंसा र दमनको राजनीति नजिकबाट भोगेकाले अब विकास, सुशासन र समाजवादतर्फ उन्मुख नेतृत्व रोज्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रुकुम पूर्वलाई विकास र समाजवादको नमुना क्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै निर्वाचन परिणामले देशको राजनीतिक दिशा स्पष्ट पार्ने बताउनुभयो।
उहाँको अभिव्यक्तिले रुकुम पूर्वमा चुनावी माहोल थप तातेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link