Skip to content
Pokharapress Logo
११ जेष्ठ २०८३, सोमबार

जन्मदिनमा मानवसेवा : टेकप्रसाद सुवेदीद्वारा मानव सेवा आश्रमलाई सहयोग

जसका कोही हुँदैनन् ....

loading views..
Nepal Telcome

पोखरा । लाइन्स कल्ब अफ पोखरा डाउन टाउनका सक्रिय सदस्य, समाजसेवी तथा युवापुस्तामा सकारात्मक सोचका लागि परिचित टेकप्रसाद सुवेदीले आफ्नो जन्मदिनको अवसरमा मानवसेवाको उदाहरण प्रस्तुत गरेका छन्। उनले पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित मानव सेवा आश्रम मा पुगेर आश्रममा आश्रित असहाय व्यक्तिहरूका लागि भोजन तथा आवश्यक सामग्री सहयोग गरेका हुन्।
सुवेदीले आश्रममा रहेका ८५ जना असहाय व्यक्तिका लागि दिउँसोको खाजाको व्यवस्था गर्नुका साथै १०० लिटर भैंसीको दूध, स्टीलका ८० थान प्लेट र ८० थान कचौरा आश्रमलाई हस्तान्तरण गरेका थिए। सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित भई उनले जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै मानवीय सहयोगको सन्देश दिएका हुन्।
कार्यक्रममा आश्रमका प्रतिनिधिहरूले सुवेदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनको सामाजिक भावना र सहयोगप्रति आभार प्रकट गरेका थिए।
उक्त अवसरमा नेपाल प्रहरी बगरका वरिष्ठ सई रामचन्द्र केसी, छोरेपाटन प्रहरी चौकीका इन्चार्ज गौतम श्रेष्ठ, समाजसेवी तथा लाइन्स कल्ब अफ पोखरा डाउन टाउनका अध्यक्ष ऋषिराम सुवेदी तथा समाजसेवी अनुराग चन्दलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सुवेदीले मानव सेवा आश्रम ले असहाय, बेवारिसे तथा सडकमानवहरूको उद्धार र सेवामा गरिरहेको कार्य अत्यन्त प्रशंसनीय रहेको बताए। उनले आगामी दिनमा पनि आफूबाट सक्ने सहयोग र साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
लायन्स क्लबका सक्रिय सदस्य लायन टेकप्रसाद सुवेदीको जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण बनेको छ। कार्यक्रममा क्लबका अध्यक्षसहित अन्य प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।मानवीय सेवा र सामाजिक उत्तरदायित्वको सन्देश दिने यस्तो कार्यले समाजमा सकारात्मक प्रेरणा फैलाउने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link