Skip to content
Pokharapress Logo
१६ बैशाख २०८३, बुधबार

नेकपाको ‘कडा अडान’ सार्वजनिक: दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध निर्णायक सङ्घर्षको घोषणा

नेकपाले संघर्षको बाटो रोज्यो

loading views..
Nepal Telcome

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादविरुद्धको संघर्षलाई अब थप आक्रामक र सशक्त बनाउने ठूलो निर्णय गरेको छ।

मङ्गलबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले देशमा बाँकी रहेका सामन्तवादी अवशेषहरू अन्त्य गर्दै समाजवादको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढ्ने ऐतिहासिक सङ्कल्प गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता प्रकाश ज्वालाले राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको समाजवाद प्राप्तिका लागि पार्टीले आफ्नो रणनीति अझ मजबुत बनाएको स्पष्ट पारे।

उनले कडा भाषामा भने, “हामी सामन्तवादका अवशेष समाप्त गर्दै दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादविरुद्ध निर्णायक संघर्ष गर्न प्रतिबद्ध छौं।” बैठकले भूमिहीन सुकुम्वासीहरूको समस्या समाधानप्रति गम्भीर चासो देखाउँदै सरकारले विकल्प र उचित व्यवस्थापनबिना बस्ती हटाउने कार्यको विरोध समेत गरेको छ। नेकपाले पहिले वास्तविक र नक्कली सुकुम्वासीको पहिचान गरेर मात्र दीर्घकालीन समाधान खोजिनुपर्ने अडान दोहोर्‍याएको छ।

त्यसैगरी हालै सम्पन्न निर्वाचनमा सहयोग गर्ने मतदाता र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र आगामी कार्ययोजनालाई पनि अघि बढाउने निर्णय गरेको छ। पार्टीले सरकारका जनपक्षीय कदमलाई समर्थन गर्ने र संविधानविपरीत कुनै पनि कदमको कडा विरोध गर्ने नीति समेत स्पष्ट पारेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link