Skip to content
Pokharapress Logo
१६ जेष्ठ २०८३, शनिबार

राष्ट्रिय मानवअधिकार आयोगद्वारा रास्वपा सभापति रवि लामिछानेसहित १७ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस

loading views..
Nepal Telcome

काठमाडौँ, १३ जेठ ।राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सोही पार्टीका नेता तथा सांसदहरूमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ । बुधबार आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनमा रास्वपाका शीर्ष नेताहरूलाई दोषी देखिए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन भनिएको हो ।
​आयोगको प्रतिवेदन अनुसार रास्वपाका सभापति रवि लामिछाने, प्रवक्ता मनिष झा, र सचिवालय सदस्य हरि ढकाललाई तथ्य विश्लेषण प्रकरण १५ बमोजिम सिफारिस १४ (घ) अनुसार कारबाहीका लागि सिफारिस गरिएको छ ।
​यस्तै, तथ्य र विश्लेषण खण्डको प्रकरण नं. ३० मा उल्लेख भएका अन्य सांसद तथा नेताहरूमाथि पनि सिफारिस १० अनुसार अनुसन्धान गर्न भनिएको छ । अनुसन्धानको घेरामा परेका अन्य व्यक्तिहरूमा निम्न अनुसार रहेका छन्:
गणेश कार्की
​सुलभ खरेल
​बब्लु गुप्ता
​कृष्ण कार्की
​डा. तोषिमा कार्की
​राजीव खत्री
​केपी खनाल
​दीपक बोहरा
​ज्वाला सङ्ग्रौला
​पुरुषोत्तम यादव
​सुधन गुरुङ
​आशिका तामाङ
​विवादास्पद अभिव्यक्ति र भदौको घटनालाई लिएर छानबिन
आयोगको प्रतिवेदनमा गत भदौ २३ र २४ गते भएको एउटा घटनामा भएको मानवीय तथा भौतिक क्षतिलाई मुख्य आधार बनाइएको छ । उक्त घटनामा उल्लेखित नेताहरूको संलग्नता रहे-नरहेको र उनीहरूको अभिव्यक्तिले प्रदर्शनकारीहरूलाई आक्रोशित वा उत्तेजित बनाए/नबनाएको भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको ठहर छ ।
​प्रतिवेदनमा भनिएको छ, “निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चितता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नुपर्छ ।”
​मानवअधिकार आयोगको यो प्रतिवेदन सार्वजनिक भएसँगै रास्वपाका सांसद र प्रमुख नेताहरूमाथि कानुनी र राजनीतिक दबाब बढ्ने देखिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link