Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

मिटरब्याजविरुद्ध पुलिसको छापा सुर्खेतमा सनसनी : चर्को ब्याज कारोबार खुलासा, सयौं त‍ोला सुन र भारु बरामद

loading views..
Nepal Telcome

सुर्खेत, जेठ १८ । सुर्खेतमा प्रहरीले गरेको एक छापामार कारबाहीपछि मिटरब्याज तथा अवैध ऋण कारोबारबारे ठूलो खुलासा भएको छ। वीरेन्द्रनगर–६ तल्लो बजारस्थित एक कपडा पसलबाट ठूलो परिमाणमा सुनका गहना र भारतीय रुपैयाँ बरामद भएपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार श्यामसुन्दर अग्रवालको पसलमा गरिएको छापामा विभिन्न किसिमका सुनका गहना तथा करिब सात लाख भारतीय रुपैयाँ फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा उक्त कारोबार चर्को ब्याजमा ऋण प्रवाहसँग जोडिएको आशंका गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका प्रवक्ता एसएसपी रामप्रकाश शाहका अनुसार प्राप्त सूचनाका आधारमा गरिएको अपरेसनमा गहना र नगद बरामद गरिएको हो। बरामद सामग्रीको मुचुल्का तयार पार्न स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा सुनचाँदी व्यवसायी संघका प्रतिनिधिहरूलाई समेत संलग्न गराइएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सुनका गहना करिब एक किलोभन्दा बढी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर गहना विभिन्न प्रकारका भएकाले वास्तविक तौल र मूल्य भने विस्तृत परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ।
छापापछि स्थानीय क्षेत्रमा अवैध मिटरब्याज कारोबारले पुनः जरा गाडिरहेको आशंका बलियो बनेको छ। यस घटनाले चर्को ब्याजमा ऋण लगाउने गिरोहहरू सक्रिय रहेको संकेत दिएको भन्दै थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले समेत यसलाई गम्भीर रूपमा लिँदै वित्तीय अनियमितता र अवैध कारोबारको सञ्जालबारे विस्तृत छानबिन गर्ने तयारी गरेको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link