Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नारायणगढ–मुग्लिङ सडक दिउँसोमा साढे ४ घण्टा बन्द हुने

loading views..
Nepal Telcome

चितवन। आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ। मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ।

यो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ। सो अवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यस अवधिमा सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link