पोखरा। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर आफूसँग भएको सम्झौता छिटो भन्दा छिटो कार्यान्वयन गर्न दवाव दिएका छन् । शान्तिपूर्ण राजनीतिमा आउन सहमत महासचिव ‘विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न ढिला गर्न नहुने भन्दै विप्लवले त्यसका लागि बादलको ध्यानाकषर्ण गराएका हुन् ।
