Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

संसद् अवरुद्ध गर्ने ओली समूहको तयारी

loading views..
Nepal Telcome

पोखरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ।

सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताका रूपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ।

‘आइतबारदेखि सदन चल्दैछ। नेकपा औपचारिक रूपमा विभाजन भएको छैन। सभामुखले दलको नेताका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्ड (पुष्पकमल दाहाल) लाई गर्न खोजे त्यसको प्रतिवाद गरिनेछ,’ ओली समूहका एक सांसदले भने।

उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिई कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई सभामुखले नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा त्यसको प्रतिवादमा ओली समूहले तयारी थालेको हो।

‘धेरै विषय सभामुखमा निर्भर रहन्छ,’ ओली समूहका एक सांसदले भने, ‘वैधानिक बाटो छाडेर चोरबाटोबाट आउनेहरूलाई सभामुखले मान्यता दिने कुरा सह्य छैन।’ ओली समूहले विभिन्न रणनीति अख्तियार गर्न सक्ने भन्दै दाहाल–नेपाल समूहले भने अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको छ।

‘हेरौं न, अविश्वासको प्रस्ताव कसले पेस गर्दो रहेछ, कुन आधारमा अविश्वासको प्रस्ताव आउँछ। हामी त्यसैअनुसार धारणा बनाउनेछौं,’ ती सांसदले भने। नगरिक दैनिकमा खबर छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link