Skip to content
Pokharapress Logo
१४ कार्तिक २०८३, शनिबार

सञ्चारमाध्यममा प्रहरी पुगेको घटनामा रक्षा बमको आपत्ति : सरकारको जवाफदेहितामाथि उठाइन् प्रश्न

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौँ,१४ कात्तिक । विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेको घटनालाई लिएर जेन-जेड अभियन्ता रक्षा बमले सरकारको जवाफदेहिता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले प्रेसमाथि प्रहरी हस्तक्षेप भएको विषयमा ‘सरकारलाई जानकारी नै नभएको’ भन्ने प्रतिक्रियाप्रति कडा आपत्ति जनाएकी हुन्। उनले राज्य सञ्चालनको जिम्मेवारी, सरकार र सुरक्षा निकायबीचको समन्वयको अभावलाई लिएर स्पष्ट जवाफ माग गरेकी छन्।

‘प्रहरीले प्रेसमाथि धावा बोलेको घटनाबारे सरकारलाई कुनै जानकारी छैन रे! अनि जानकारी कसलाई हुन्छ त? केपी ओलीलाई कि रमेश लेखकलाई?’ बमले सामाजिक सञ्जालमा लेखेकी छन्।

सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरेकी छन्, ‘जवाफदेहिता भन्ने शब्द सुन्नुभएको छ, सरकार?’

अभियन्ता बमले सरकार र सुरक्षा निकायबीच आवश्यक समन्वय नरहेको तथा राज्यका संयन्त्रहरूबीच विश्वास र सहकार्यको साटो शक्ति संघर्ष देखिएको दाबी गरेकी छन्। ‘सुरक्षा निकायसँग कुनै समन्वय छैन, कसैले कसैलाई टेर्दैन। राज्यका संयन्त्रहरूबीच विश्वास र सहकार्यको सट्टा शक्ति संघर्ष देखिन्छ। आखिर देश कसरी चलिरहेको छ?’ भन्दै उनले वर्तमान शासन व्यवस्थाको कार्यशैलीमाथि असन्तुष्टि पोखेकी छन्।

राज्यका निकायहरूबीचको असमझदारी अहिले सार्वजनिक रूपमै छताछुल्ल भएको उल्लेख गर्दै उनले कुनै पनि व्यक्ति वा निकाय संविधानभन्दा माथि नरहेको स्पष्ट पारेकी छन्। ‘यो देशमा कोही पनि संविधानभन्दा माथि छैन, चाहे बालेन होउन् वा दानबहादुर,’ उनले उल्लेख गरेकी छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link