Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रधानमन्त्री खड्ग ओली जसपासॅंग निक्कै नै सकरात्मक

loading views..
Nepal Telcome

पोखरा।सत्तासमीकरणका लागि जनता समाजवादी पार्टी (जसपा)सँग प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।जसपाले राखेका प्रमुख तीन माग पूरा गर्ने सवालमा प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएका हुन् । बिहीबार पार्टी सचिवालय बैठकलगत्तै बालुवाटार पुगेका जसपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि सकारात्मक रहेको बताएका हुन् । थप छलफल गर्न दुवै पक्षको कार्यदलस्तरीय बैठक शुक्रबार बस्दै छ ।

नयाँ सरकार निर्माणका विषयमा आफ्ना माग पूरा गराउने सर्तसहित प्रधानमन्त्री ओली र कांग्रेस–माओवादीसँग छलफल गरिरहेको जसपाले बिहीबार अपराह्न ५ बजेदेखि बालुवाटारमा करिब तीन घन्टा प्रधानमन्त्री र उनको टोलीसँग छलफल गरेको थियो । छलफलमा अहिलेसम्म दुई पक्षबीच भएका औपचारिक–अनौपचारिक छलफलबारे ओलीलाई ब्रिफिङ गरिएको थियो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ता सकारात्मक तरिकाले अगाडि बढेको र शुक्रबार कार्यदलस्तरीय छलफल हुने बताए । ‘अहिलेसम्म भएका विभिन्न छलफलमा उहाँहरू मधेस आन्दोलनमा जोडिएका साथीभाइलाई रिहाइ गर्ने विषयमा नै केन्द्रित हुनुहुन्छ । अध्यक्षज्यूसँगको छलफल पनि बढी त्यसैमा केन्द्रित भयो,’ नेता नेम्वाङले भने, ‘छलफल एकदमै सकारात्मक रह्यो । शुक्रबार पनि अनौपचारिक कुराकानी गर्ने भनेका छौँ । अहिलेसम्मको अवस्था धेरै सकारात्मक देखिएको छ ।’

बन्दी रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग जसपाको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link