Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रचण्ड आफ्नै शक्ति र धरातलमा फर्कने!

loading views..
Nepal Telcome

पोखरा।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू फेरि एकपटक क्रान्तिमा जाने उद्घोष गरेका छन् ।अध्यक्ष दाहालले बिहीबार पार्टी निकट स्वास्थ्यकर्मीको कार्यक्रमलाई पेरिसडाँडा कोटेश्वरमा सम्बोधन गर्दै अझै लड्नुपर्ने अवस्था आएको बताएका हुन्।जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६६७ वर्षको भएँ। उमेरले कति दिन्छ छाडिदिनुपर्छ पनि भन्छन्। तर, छाड्नेवालाछैन’, प्रचण्डले भने, ‘माओ त्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए। एकपटक फेरि क्रान्तिमा अगाडि जानेमा छु।तपाईंहरू यो कुरामा विश्वस्त रहनुहोस्। एउटा ब्याटल लडेँ। त्यो जितेँ पनि। अझै हामीले लड्नुपर्छ।

प्रचण्डले आफ्नै शक्ति धरातलमा फर्केर अगाडि जान सक्ने बताए। साथीहरू छुट्दै जाँदा कमजोर भएको अनुभूति आफूलाई पनिभएको प्रचण्डले सुनाए। उनले देशीविदेशीबाट अहिले षड्यन्त्र भएको भन्दै त्यसलाई परास्त गर्न आफ्नै खुट्टामा आफ्नै शक्तिको भरपर्नुपर्ने बताए।आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ’, उनले भने। अन्नपूर्ण पोष्ट दैनिकमा खबर लेखिएको  छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link