Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

काशी तिवारी हत्या आरोपी मन्त्री प्रभु शाह माकेमा फर्कने!

loading views..
Nepal Telcome

पोखरा।नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री प्रभु शाह आफ्नो मूल पार्टीमै फर्किने भएका छन् ।

शान्ति प्रकृयापछि वीरगञ्जका काशी तिवारी हत्याको आरोप लागेका मन्त्री शाहलाई मुद्धा जिताइदिने लगायतका बिभिन्न आश्वासन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जवर्जस्ती नेकपा एमालेमा तान्ने प्रयास गरेको मन्त्री शाहले आफू निकटका नेताहरुसँग भन्ने गरेका छन् ।

स्रोतका अनुसार प्रभु शाहले आफूसँगै नेता गौरिशंकर चोधरी र अन्य प्रदेश सांसदहरु पनि पुरानै पार्टीमा फर्किने मनस्थिती बनाएको बताउने गरेका छन् । आफूलाई ओलीले बार्गेनिङ गरेर लगेको र आफू बाध्यतामा परेर माओवादीका अन्य नेताहरुसँगै ओली समूहमा गएको भएतापनि अब कुनै पनि हालतमा ओली गुटमा नरहने र माओवादी केन्द्रमै फर्किनका लागि छलफल भइरहेको जनाइएको छ ।

स्रोतका अनुसार उनले भन्ने गरेका छन्, ‘केपी जस्ता बर्गोनिङ गर्ने अपराधिसँग बसिँदैन ।’महेश्वर दाहलको अनलाइनमा समाचार लेखिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link