Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

ओली सरकारको समर्थन र बिरोध के गर्ने भन्ने बिषयमा जसपा भित्र कडा संघर्ष

loading views..
Nepal Telcome

काठमाडौं।जनता समाजवादी पार्टी नेपालको हिजो बस्ने भनिएको केन्द्रीय कार्यकारिणी बैठक शीर्ष नेताहरुका कारण स्थगित भएको छ।

पार्टीभित्र सत्ता समीकरण र संसदीय दलको नेता चुन्ने सबालमा पूर्व राजपाका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवबीच कडा टकराव चलेको जसपा नेताहरुले जानकारी दिएका छन्। संसदीय दलको नेता कसलाई बनाउने भन्ने टकरावकै कारण आजको बैठक स्थगित भएको उनीहरुको दाबी छ।

पूर्व राजपा नेताहरुले हालकै प्रधानमन्त्री ओली सरकारलाई समर्थन गर्नुपर्ने र माग मुद्दा सम्बोधन गराउनुपर्ने अडानमा छन् भने पूर्व संघीय समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरुले कुनै पनि हालतमा ओलीलाई समर्थन गर्न नहुने अडान लिएका छन्।नेपालन्युजबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link