Skip to content
Pokharapress Logo
१९ फाल्गुन २०८२, मंगलवार

चरक मेमोरियल हस्पिटलको ध्यानाकर्षण

loading views..

पोखरा।पोखराको चरक हस्पिटल प्रा.लि.ले हस्पिटलको बदनाम झुठा प्रचारवाजी नगर्न ध्यानाकर्षण गराएको छ। हस्पिटलले शनिबार एकप्रेस विज्ञप्ति जारी गर्दै हस्पिटललाई बदनाम अनरगल झुठा प्रचावाजी नगर्न नगराउन अनुरोधसमेत गरेको छ।

केही दिन यता संस्थालाई कमजोर बदनाम गर्ने नियतका साथ विभिन्न संचार माध्यम, पत्रपत्रिका सामाजिक सञ्जालमा केहीव्यक्तिले झुठा अनरगल प्रचारवाजी गरिरहेको जनाएको छ।हस्पिटलले कुनैपनि वर्ग, क्षेत्र जातजाति, धर्म तथा राजनैतिकविचारधाराको आधारमा विभेदकारी स्वास्थ्य सेवा प्रवाह नगरेको भविष्यमा पनि गर्नेछैन भनि जनाएको छ।

जारी प्रेस विज्ञप्तिमा भनिएको , ‘हस्पिटलले कुनैपनि वर्ग, क्षेत्र जातजाति, धर्म तथा राजनैतिक विचारधाराको आधारमाविभेदकारी स्वास्थ्य सेवा प्रवाह गरेको छैन भविष्यमा पनि गर्नेछैन।

हस्पिटलले नेपाल सरकार, गण्डकी प्रदेश सरकार स्थानीय निकायसँग सहकार्य गरी हाल विश्वव्यापी रुपमा चलको कोरोना(कोभिड१९) को महामारीमा समेत विशिष्टिकृत स्वास्थ्य सेवा संचालन गर्दै आएको जनाएको छ।

विज्ञप्तिमा अगाडि भनिएको , ‘चरक हस्पिटल लामो समयदेखि यस गण्डकीको स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्