Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

गोरखामा भारी बर्षा तथा बाढी पहिरो।

loading views..
Nepal Telcome

पोखरा गोरखा जिल्लाको विभिन्न स्थानमा आज विहान गएको पहिरोको कारण मानव बस्ती विस्थापित भएका छन् । जिल्लाको पालुङटार नगरपालिकाको  राउतेपानी गाउँमा सडक माथिबाट आएको पहिरोको कारण नागरिकहरु बिस्थापित भएका छन्। विस्थापित नागरिकहरु स्थानीय सगरमाथा प्राविमा आश्रय लिएर बसेका छन् ।

पालुङटार स्थित खोली  गाउँ पनि विस्थापित भएको छ । वडा नम्बर २ का अध्यक्ष लोकनाथ वाग्लेका अनुसार कति घर विस्थापित संख्भया एकिन भैसकेको छैन्। हाल सम्म २० घरका नागरिकहरु अन्यन्त्र आश्रय लिएर बसेका छन् ।

पालुङटार वडा नम्बर ९ स्थित विर्दीमा दुई घर खोलाले बगाएको छ  भने खोलामा फसेका ६ जना मानिसहरुलाई नेपाली सेनाद्वारा उद्धार गरिएको  छ ।

जिल्लाको शहिदलखन गाउँपालिका वडा नम्बर ७  बुङकोट बाह्रबिसेका कलाधर तिवारीको घरमा निरन्तर बर्षातको कारणले घर भित्र पुरै पानी पसेर  जोखिम भएको छ।

शहिद लखन गाउपालिका वडा-७ बुङकोट अधेरी गाउँका सन्त बहादुर गुरुङको गोठमा निरन्तर बर्षातको कारण आएको पहिरो कारण गोठ पुरिएको छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link