Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

खड्ग ओलीलाई बामदेबले काँध थाप्ने

loading views..
Nepal Telcome

पोखरा। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका मुख्य नेतालाई कारबाही गरेर एकता नहुने उल्लेख गरेका छन्। शुक्रबारको केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष गौतमले पार्टीका मुख्य नेतालाई अपमान गरेर एकता हुन नसक्ने बताएका हुन्।

‘माधव नेपाल पार्टीका वरिष्ठ नेता हुनुहुन्छ। त्यसैले उहाँलाई सम्मानजनक व्यवहार गर्नुपर्छ। त्यसो गरिएन भने पार्टीको तल्लो पंक्ति भड्किन्छ। र, पार्टी तहसनहस हुन पुग्छ,’ एकतामा जोड दिँदै उनले भने, ‘अहिले पार्टी आधा-आधा विभाजित हुन पुगेको छ। पार्टीमा मित्रघातको भावना कसैले पनि राख्नु हुँदैन।’

गौतमले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहने प्रतिबद्धता पनि जनाए। एउटै पार्टीमा रहेर आफ्नै अध्यक्ष र प्रधानमन्त्री विरूद्ध हस्ताक्षर गर्नु गलत रहेको भन्दै उनले नेता नेपाल पक्षको आलोचना पनि गरे। ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्थेँ। माधवजीहरूले गलत गर्नुभयो। आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा यस्तो गर्नु हुन्थेन,’ गौतमको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अब मैले प्रधानमन्त्रीको साथ छोड्दिनँ। म यहाँबाट खुशी भएर जान्छु।’

यसअघिका पार्टी बैठकमा गौतम उपस्थित हुने गरेका थिएनन्। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीमा गौतम तटस्थ बसेका थिए। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदिएपछि ओलीले गरेका एकलौटी निर्णयमा गौतम असन्तुष्ट बनेका थिए। नेपाल पक्षले नयाँ पार्टी गठन गरेमा त्यो पार्टीमा आफू लाग्नेसमेत उनले सार्वजनिक रूपमा भनेका थिए।

नेकपाकालीन अवस्थामा पार्टीभित्र अन्तरसंघर्ष हुँदा समेत गौतम अस्थिर देखिन्थे। उनी कहिले ओलीका पक्षमा हुन्थे भने कहिले तत्कालिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग नजिक हुन्थे। अस्थिर स्वभावकै कारण कोही पनि नेता उनको साथमा छैनन्। गौतमको यही स्वभावलाई आज ओलीले व्यङ्ग्य गरेका थिए। ओलीले गौतम आउनु सकारात्मक भए पनि आउने जाने नगर्न भनेका थिए।लोकपाटीबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link