Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

सेयर बजारमा सुधारको संकेत!निफ्रामा लगानी गर्ने सही समय

loading views..
Nepal Telcome

पोखरा। साताको तेस्रो दिन हिजो मंगलबार शेयरबजारमा दोहोरो अंकको सुधार आयो ।

सोमबार २६ अंकले बढेको नेप्से मंगलबार ६९ अंकले बढेर २७ सय ८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनायो।

नेप्सेमा सुधार सँगै मंगलबारको कारोबार रकममा पनि थोरै सुधार भयो । मंगलबार २ सय २७ कम्पनीका १ करोड ९३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइ हाइड्रोपावर, माथिल्लो तामाकोसी, मैलुङखोला जलविद्युत्, मानुसी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेन्जले जनायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link