Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

देउबाले ओली मुक्त नेपाल बनाउने

loading views..
Nepal Telcome

पोखरा।प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा जनताले डर, त्रासको अनुभव गरेको भन्दै आफूले जनतालाई त्यो डर, त्रासबाट मुक्त गराएको बताए ।

पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको भोलिपल्टबाटै सबैले ओलीको डर, त्रासबाट मुक्ति पाएको अनुभव गरेको बताए । उनले भने, ‘जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन् । अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईंहरूको हातमा छ ।’

उनले आफूलाई पार्टी सभापतिमा जिताउन आग्रह गर्दै कार्यकर्तालाई भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’ पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने पनि उनले बताए । उनले भने, ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस् ।’

उनले अब तीनै तहमा काँग्रेसको सरकार हुने दाबी गर्दै त्यसका लागि आफूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘कुनै पनि हालतमा डर र त्रासबाट मुक्त शासन ल्याएरै छाडिन्छ । काँग्रेसको सरकार बनाउँछु बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस् ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link