Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

पूर्वराजा शाहसँग पाँच बुँदे सहमति भएको प्रमाणित गर्न केपी ओलीलाई प्रचण्डको चुनौति

loading views..

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको बताएका छन्। बिहिबार अध्यक्ष प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै ओलीलाई सो आरोप पुष्टि गर्न चुनौति दिएका छन्। उनले राजासँग पाँच बुँदे सहमति भएको भन्ने शत प्रतिशत झुटो कुरा प्रचार भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रचण्डले ओलीलाई उक्त दाबी प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन्। उनले ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको समेत प्रेम वक्तव्यमा उल्लेख गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा बोल्दै २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गरेका थिए। ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्