Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

आगामी मन्त्री परिषदको बैठकले जेठ ४ मा स्थानीय चुनावको घोषणा गर्ने!

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराएका छन्  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले जेठ२०७९ मै स्थानीय तहको एकै चरणमा निर्वाचन गर्नेगरी अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्ने जानकारी गराएका हुन्  

सोही छलफलमा प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्न सक्ने नसक्नेबारेमा आयोगका पदाधिकारीसँग जिज्ञासा राखेका थिए आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गर्न सकिने जवाफ दिएपछि प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट जेठ २०७९ निर्वाचन गर्ने मिति तोक्ने जानकारी गराएका हुन्  

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ २०७९सम्म मात्र रहने त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाईताकेता गर्दै आइरहेको थियो

यसअघि सोमबार कांग्रेस सभापतिसमेत रहेका  प्रधानमन्त्री देउवाले पार्टीका नेताहरूसँगको भेटमा जेठमै निर्वाचन हुने जानकारीगराइसकेका थिए  

नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन जेठमा गर्ने जानकारी गराएका हुन्  

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link