Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

विराटनगरमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

loading views..
Nepal Telcome

विराटनगर। महानगर समितिले बैठकले विराटनगर महानगरको हकमा तालमेलको आवश्यता नरहेको निष्कर्ष निकाल्दै एक्लै चुनावमा जाने निर्णय गरेको सचिव तेजेन्द्र भट्टराईले बताए।
“विराटनगरमा हामीले तालमेल नगरे पनि बलियो अवस्थामा छौ,” सचिव भट्टराईले हिमालखबरसँग भने, “एक्ले चुनावमा जाँदा पनि जित्ने अवस्थामा पदको भागबण्डा गरेर जाने अवस्था रहँदैन। अब हामी चुनावमा एक्लै चुनावमा जानेछौ।”
सत्तारुढ पाँच दलीय गठबन्धले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा तालमेल गरेर जाने सहमति गरेको थियो।
विराटनगरमा १९ वटा वडा तह रहेका छन्। जसमा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसले मेयर सहित आठ वटा वडा जितेको थियो।
त्यस्तै, गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले ६, नेकपा (एमाले) ले तीन, नेकपा (माओवादी केन्द्र) ले एक र एक जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link