Skip to content
Pokharapress Logo
२८ श्रावण २०८२, बुधबार

बालेन्द्रलाई रामकुमारी झाक्रीको साथ

पोखरा।नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंका मेयर बालेन्द्र शाहको कदमलाई साथ दिएकी छिन् । बालेनले काठमाडौं महानगरभित्र बनेका अवैद्य संरचना भत्काउन थालेपछि नेतृ झाँक्रीले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

फेशबुकमा उनले लेखेकी छिन्-

मेरो समर्थन मेयर बालेन जीलाई!
१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२)मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३)निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४)स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५)मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६)सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७)मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८)I am always with you, behind you. keep it up.
९)ईमान्दार प्रयासहरू सफल हुन्छन।

arrow प्रतिक्रिया दिनुहोस्