Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

बैद्य समुहले आगामी निर्वाचन बहिष्कार गर्ने

loading views..
Nepal Telcome

काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले मंसिर चारगते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । उक्त पार्टीले स्थानीय तह चुनाव पनि बहिष्कार गरेको थियो ।

शुक्रबारदेखि तीनदिनसम्म बसेको पार्टीको बैठकले चुनाव बहिष्कारको निर्णय गरेको महासचिव किरणले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मंसिरमा हुने सङ्घ तथा प्रदेशको निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित हुने सम्भावना नरहेको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘ प्रतिक्रियावादी, अवसरवादी तथा भ्रस्ट तत्वद्वारा पैसाको खोलो बगाउने, साधन स्रोतको चरम दुरुपयोग गर्ने, शक्ति प्रदर्शन तथा साम, दाम, दण्ड, भेदका विविध नीति तथा उपायको प्रयोग गरी जनसमुदायलाई, अत्यधिक रुपमा त्रसित, आतङ्कित एवम् भयभीत तुल्याउने र घेराबन्दीमा पार्ने अवस्था रहेकाले हाम्रो पार्टीले सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।’

क्रान्तिकारी माओवादीले आफूलाई कम्युनिस्ट बताउँदै आएका कैयौं पार्टी तथा सङ्गठन संसदको उपयोग गर्ने वा भागलिने मात्र नभई प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाप्रति नै आत्मसमर्पण गर्दै गएको आरोप पनि लगाएको छ । विरोधी पार्टीको चुनाव चिन्ह लिई आफ्नो अस्तित्व नै गुमाउने, संसदको उपयोग होइन संसदबाटै उपयोग हुने जस्ता निकृष्ट उदाहरण र नकारात्मक अनुभव प्रचुर मात्रामा देखिएको भन्दै उसले यसबाट पाठ सिक्दै अघि बढ्नु जरुरी भएको समेत बताएको छ ।यस्तै उक्त पार्टीले सरकारको आलोचना गर्दै तीनओटै अङ्ग दिन प्रतिदिन असफल हुँदै गएको दाबी समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान गठबन्धन सरकार भारतीय विस्तारवाद सित गरिएका तमाम असमान सन्धि सम्झौतालाई निरन्तरता दिंदै तथा देशका विभिन्न भूभागमा भएका तथा जनसाङ्ख्यिक अतिक्रमणप्रति मौन रहँदै र अमेरिकी साम्राज्यवादसित दलाली तथा आत्मसमर्पण गरी राष्ट्रघाती एमसीसी संझौता पारित गर्न निर्लज्जरुपमा प्रस्तुत भएको र ती सबै कुकृत्यहरुको भण्डाफोर गर्न आवश्यक छ ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link