Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष विष्णु पौडेललाई चोलेन्द्रशमशेरद्वारा भ्रष्टचारीको आरोप

loading views..

काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एमाले अध्यक्ष केपी ओली उपाध्यक्ष विष्णु पौडेलमाथि भ्रष्टाचारीकोआरोप लगाएका छन् आइतबार महाअभियोग सिफारिस समिति बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफमा राणाले पूर्वप्रधानमन्त्री ओली र पूर्वअर्थमन्त्री पौडेलले भ्रष्टाचार आरोपमा मुछेका हुन् सांसदहरुले सर्वोच्च अदालतको नयाँ भवन निर्माणमा घोटाला गरेकोविषयमा राणासँग प्रश्न सोधेका थिए।राणाले उक्त प्रकरणमा ओली पौडेल संलग्न रहेको आरोप लगाएबैठकमा पौडेल आफैं उपस्थित थिए राणाले कार्यालय प्रमुखको हैसियतमा आफूले भवन निर्माणको ठेक्कामा हस्ताक्षर गरेको त्यसमा ओली पौडेलको सहयोग रहेको बताए तर, सांसदहरुले प्रधानन्यायाधीश कार्यालय प्रमुख नहुने भन्दै प्रतिप्रश्न गरे

उनीहरुले सर्वोच्चको मुख्य रजिष्ट्रार कार्यालय प्रमुख हुने भन्दै ठेक्कापट्टाका फाइलमा प्रधानन्यायाधीशले हस्ताक्षर गर्ननमिल्ने बताए राणाले आफूले हस्ताक्षर गरेको भवन निर्माणको ठेक्कासम्बन्धी कागजात नै देखाए समितिले राणालाई कूल ४३ मध्ये ३५ प्रश्न सोधेको ।काठमाण्डौ टुडेबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्