Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गोरखामा नेकपा प्रचण्ड-माधव समुहको बिरोध सभा

loading views..
Nepal Telcome

गोरखा। प्रचण्ड-माधव समुह नेकपाका  नेता तथा कार्यकर्ताले गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।हिजो गोरखा सदरमुकामको चाइनिजधाराबाट आयोजित बिरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली संविधान बिपरित चलेको आरोप लगाए । चाइनिज धाराबाट सुरु भएको र्‍याली बसपार्क हुँदै पछि हरमटारीचोकमा पुगेर सवारी साधनलाई ठप्प बनाएर कोणमा सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीले गत पुस ५ गते  सरकारले गरेको संसद बिघटनको निणर्य संविधान बिपरित भएको भन्दै प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका थिए ।

कोण सभालाई नेकपाका केन्द्रिय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संसद हरिराज अधिकारी, वृद्धिजिवी संगठनका केन्द्रिय अध्यक्ष दिनेशचन्द्र देवकोटा, नेकपा जिल्ला अध्यक्ष लेखबहादुर थापा लगायतले संवोधन थिए ।गाउँ गाउँबाट सयौंको संख्यामा बसबबाट कार्यकर्ता सो कार्यक्रममा उपस्थित थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link