Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

जनशक्ति माध्यमिक विद्यालयमा इन्जिनियरिङको पढाई सुरु

loading views..
Nepal Telcome

गोरखा। गोरखाको नाम्जुङमा अवस्थित श्री जनशक्ति माध्यमिक विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको ३ वर्षे पढाई सुरु भएको छ ।गोरखा जिल्ला समन्वय समितिका उप प्रमुख लिला परियारले आज सो कार्यक्रमको औपचारिक सुरुवात गरेकी हुन् ।शहिद लखन गाउँपालिकामा अवस्थित यस विद्यालय शैक्षिक क्षेत्रमा निकै उत्कृष्ठ विद्यालय हो । यस विद्यालयले एस.एल.सी परीक्षाको नजितामा नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा समेत आफ्नो नाम राखेको थियो ।
गाउँपालिकाको सिटिइभिटीद्धारा सम्वन्धन प्राप्त एक मात्र डिप्लोमा तहमा प्राविधिक शिक्षा हाँसिल गरेको यस विद्यालयललाई गाउँपालिकाले पूर्वाधार विकासका लागि ४ लाख विनियोजन गरेको र निश्चित कोटामा छात्रवृत्तिका व्यवस्था गर्ने शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थामा मगरले जनाए ।
३ वर्षे पढाइका लागि प्रति सेमेष्टर २२ हजार लाग्ने र ६ सेमेष्टरमा १ लाख ३२ हजारले पढाई सम्पन्न हुने यस विद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीका लागि निशुल्क छात्रवृत्ति, निशुल्क कम्प्युटर, अत्याधुनि प्रविधियुक्त स्माटवोर्डवाट देशकै उत्कृष्ट इन्जिनियरबाट अनलाइन पढाई गरिने जनशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जीवि काप्रीले वताए ।
गोरखामा यस विद्यालयका अतिरिक्त श्री सरस्वती माध्यमिक विद्यालय वोर्लाङले पनि डिल्लोमा इन सिभि इन्जिनियरिङको कक्षा संचालन गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link