Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

गोरखामा मतदातामा उत्साह देखिएन

loading views..
Nepal Telcome

गोरखा। सामान्य छिटफुट घटना बाहेक गोरखामा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। त्यसो त देसै भर निर्वाचनमा उत्साहजनक तबरबाट सहभागिता नरहेको परिबेशबाट गोरखा पनि अछुतो रहन सकेन। बिगतका निर्वाचनको तुलनामा यसपटक गोरखामा मत कम खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाभर कुल ६५.३ प्रतिशत मत खसेको थियो । तर यसपटकको निर्वाचनमा करिव ४५ देखि ५० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले पोखरा प्रेसलाई बताए।
‘मतदान सकिएपनि कति प्रतिशत मत खस्यो भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तर करिव ४५ देखि ५० प्रतिशत मत खस्यो भन्ने हाम्रो अनुमान हो हो ।’ यसपटकको निर्वाचनका लागि जिल्लामा कुल २ लाख २० हजार ६३७ मतदाता कायम भएका थिए । २ सय २२ मतदान स्थल र ३ सय १७ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link