काठमाडौँ। ललितपुर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा विजयी भएका छन् । राणाले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन् ।
मत गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतले जनाएको हो । ०७४ सालमा राणालाई एमालेका सिलवालले हराएका थिए ।