काठमाण्डु।काङ्ग्रेशीहरुको चर्को अपमान सहेर गठबन्धन जोगाउन अन्तिम कसरत गर्दा समेत शेरबहादुर देउपाले माओबादीलाई सत्ता गठबन्धनमा कुनै स्थान नदिने संकेत पछि खड्ग ओली निबासमा भएको बृहत् छलफल पश्चात प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।
यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए ।
प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.