Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

loading views..

काठमाण्डु।संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएसँगै कांग्रेस विपक्षी दल हुने कि नहुने भन्ने विषयमा विवाद हुँदै आएको थियो ।

तर, सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा दिने जानकारी दिएको हो ।

यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै संसदीय दलका नेताले कानुनबमोजिम सेवा सुविधा पाउनु पर्ने पत्र पठाएको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्