Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गण्डकी प्रदेश सभाबाट दुई अध्यादेश स्वीकृत

loading views..
Nepal Telcome

पोखरा। गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका दुई अध्यादेश स्वीकृत भएको छ ।

बिहीबार बसेको गण्डकी प्रदेश सभाको बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत स्वीकृत गरेको हो ।यसअघि गत पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकमा पूर्व प्रदेशसभा मामिला तथा कानूनमन्त्री विन्दुकुमार थापाले उक्त अध्यादेश प्रदेश सभामा पेस गरेका थिए ।

मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले अघिल्लो संसद बैठक अन्त्य भइसकेपछि प्रदेश निजामति तथा स्थानीय सेवा सम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो ।स्वीकृत भएसँगै उक्त अध्यादेश प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन्छ । त्यसपछि राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link