Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

बारपाकसुलिकाेट गाउँपालिकाले फागुन १ गते जनयुद्व दिबसकाे दिनमा सार्बजनिक बिदा दिने

गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले जनयुद्ध दिवसको दिन फागुन १ गते सार्वजानिक बिदा हुने भएको छ । गाउँपालिकाले जनयुद्ध दिवसको अबसरमा यहीँ फागुन १ गते सोमवार सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।

माघ १६ गते बसेको गाउँकार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्बजानिक बिदा दिने निर्णय थियो । सार्वजनिक बिदाको दिन गाँउकार्यपालिकाको कार्यालय, अन्तर्गतका कार्यालय र शौक्षिक संस्थाहरुमा बन्द हुने गाउँपालिकाले आज सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।

जनयुद्ध दिवसको अबसर पारेर बारपाक सुलिकोट गाँउपालिकाले अन्तर मा.वि स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ‘राष्ट्र निर्माणमा शहिदको योगदान’ शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएकोे गाँउपालिकाले जनाएको छ । यस्तै दिवसको अबसरमा पालिका भित्र जनयुद्धमा सहादत प्राप्त गरेका शहिदहरुको संम्झनामा दिपप्रज्वलन कार्यक्रम गर्ने जनाइएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्