Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

ओलीको प्रतीगामी कदम बिरूद्ध एक जुट हुन मोहन बिक्रम सिंहको आह्वान

loading views..

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले संसद् विघटनविरुद्धको आन्दोलनमा हातेमालो गर्न तयार रहेको बताएका छन्। नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले आफ्नो पार्टी संयुक्त आन्दोलन जान तयार रहेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, प्रतिगामी कदमविरुद्ध एकजुट हुनुपर्ने उनको भनाइ छ। ‘हाम्रो स्पष्ट धारणा छ ओलीको संवैधानिक, प्रतिगामी कदमविरुद्ध संयुक्त आन्दोलनमा हाम्रो साथ रहन्छ,’ उनले भने।

महामन्त्री सिंहले व्यक्तिको निहित स्वार्थमा उठाइएको कदम खारेजयोग्य रहेको पनि बताए। मुलुकमा निम्तिएको संकटविरुद्ध एकजुट भएर लड्नुपर्ने उनको भनाइ थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्