तनहुँ। नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले स्थानिय सरकार नै जनताकाे बास्तबिक सरकार भएकाे बताएकी छिन् ।
शनिबार आँबुखैरेनी गाउँपालिकाकाे स्थापना दिबसकाे अबसर पारेर आयाेजित कार्यक्रममा मन्त्री शर्माले नेपाली जनताकाे रगत र पसिनाकाे जगबाट संघियता आएकाे र तीन तहकाे सरकारकाे कल्पना गरेर जनताकाे सेबामा लगाएर शशक्त स्थानिय तह बनाउनु र जाेगाउनु नै नेपाली जनताकाे पहिलाे कर्तब्य भएकाे बताईन् ।
त्यस्तै मन्त्री शर्माले देश भरिका पालिकाहरुले राम्राे गरिरहेका छन् । सबै पालिकाले कसरी राम्राे काम गर्न सकिन्छ भनी पालिकाकाे बिकासमा ध्यान दिन जरुरी रहेकाे बताईन् । समाजमा बसेर याे राजनितिक दल त्याे राजनितिक याे जात र त्याे जात याे भुगाेल र त्याे भुगाेल भनेर समय बर्बाद नगराै भन्दै पालिकाकाे बिकासमा सबै सहयाेग हुनु पर्ने बताईन् । गाउँपालिकालाई आबश्याक सहयाेग गर्न आतुर रहेकाे बताउदै कुनै ठाँउमा टाबरले काम नगरेकाले माेबाईलमा फाेन नलाग्ने सुनेकाे छु त्यसलाई तुरुन्त हल गर्न टेलिकमलाई आग्रह गरिन् । पालिका भित्रका याेजना लिएर आउन र संघिय सरकार पालिका संग सहकार्य गर्न तयार रहेकाे बताएकी छिन् ।कार्यक्रममा गाउँपालिकाकाे अध्यक्ष शुक्र चुमानकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका प्रबक्ता तथा सञ्चार मन्त्री रेखा शर्मा , गण्डकी प्रदेशका भाैतिक पुर्बाधार मन्त्री हरि बहादुर चुमान , पुर्ब सांसद यशाेदा सुवेदी र आँबुखैरेनी गाउँपालिका भरिका विशिष्ट ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.