Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विभु भुषाल पुरस्कृत

loading views..

पोखरा। थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विभु भुषाल पुरस्कृत हुने भएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शनिवार आफ्नो साधारणसभा तथा अन्र्तक्रिया कार्यक्रमका बीच पत्रकार भुषाललाई नगद २५ हजार १ सहित सम्मानपत्रले सम्मान गर्न लागेको हो ।

लामो समयदेखि जनपक्षीय पत्रकारितामा क्रियाशिल पत्रकार भुषाल हाल कटुवाल न्यूज अनलाइनमा आवद्ध छन् । उनी प्रेस सेन्टरका केन्द्रीय सदस्य साथै नीति तथा परामर्श समिति सदस्य पनि हुन् । यस अघि उक्त पुरस्कारबाट पत्रकार कोमलनाथ बराल, महेश्वर दाहाल, गोमा घिमिरे र स्वः त्रिभुवन पौडेल परस्कृत भइसकेका छन् । सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले जानकारी दिए ।

सेन्टरले संस्थागत सुदृढीकरण तथा कास्कीको पत्रकारितामा योगदान पुऱ्याएकोमा अग्रज पत्रकार कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश लामिछाने, पद्म रेग्मी र गोमा घिमिरेलाई पनि सम्मान गर्ने भएको छ ।

पोखरा १७ दोविल्लामा हुने सभाका बीच नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले उनीहरुलाई सम्मान गर्दै छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्