Skip to content
Pokharapress Logo
१ पुष २०८२, मंगलवार

तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका हिमाल टमाटालाई

loading views..

गोरखा । गोरखाको पालुङटारमा भएको तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका हिमाल टमाटाले हात पारेका छन् ।

‘मेन इलिट’तर्फको ५३ किलोमिटर निर्धारित दूरी २ घण्टा २४ मिनेट २७ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । उनले ७५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।उनी यसअघिका दुईवटा प्रतियोगितामा पनि सहभागी थिए । पहिलो प्रतियोगितामा दोस्रो र दोस्रो प्रतियोगितामा चौथो बनेका उनी यसपटक भने उपाधि विजेता बनेका हुन् ।कञ्चनपुर बारा घर भएका टमाटा १३औं साफ गेममा स्वर्ण पदक विजेतासमेत हुन् ।निर्धारित दूरी २ घण्टा २४ मिनेट ४१ सेकेण्डमा पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो बनेका छन् । उनलाई ५० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसले जनाएको छ ।प्रतियोगितामा काठमाडौंका कुमार तामाङ तेस्रो बने । उनले निर्धारित दूरी २ घण्टा २४ मिनेट ४६ सेकेण्डमा पार गरेका थिए । उनले ३० हजार नगद पुरस्कार पाएका छन् ।त्यस्तै सशस्त्र प्रहरीका लक्ष्मण मल्ल चौथो र नेपाली सेनाका मानबहादुर थापा मगर पाँचौ भएका छन् । उनीहरुले क्रमशः १५ हजार र ७ हजार पाँच सय नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र पाएका छन् ।त्यस्तै ‘मेन मास्टर’ तर्फ हर्क लामा पहिलो बने । उनले निर्धारित दूरी २ घण्टा ३२ मिनेट ४ सेकेण्डमा पार गरेका हुन् ।

पहिलो बनेका लामाले १५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा विकास महर्जन दोस्रो बनेका छन् । निर्धारित दूरी २ घण्टा ४९ मिनेट ५५ सेकेण्डमा पार गरेका उनले दश हजार नगद पुरस्कार पाए ।निर्धारित दूरी २ घण्टा ५२ मिनेट २१ सेकेण्डमा पार गर्दै देवबहादुर बोहरा तेस्रो बने । उनले ५ हजार नगद पुरस्कार पाएको संजीव रानाले बताए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा दुई विदेशी नागरिक सहित कुल ३९ जनाको सहभागिता रहेको थियो ।लिगलिगकोटबाट सुरु भएको साइकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, आँपपिपल अस्पताल, भण्डारथोक, लमजुङ गरमवेशी, ठूलो बगैँचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, लुइँटेल बयाडाँडा हुदै पुनः लिगलिगकोटमा आएर टुङ्गएिको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्