Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

काङ्ग्रेस पार्टीमा स्वर्णिम वाग्लेकाे कुनै याेगदान छैन : सुरेन्द्रराज पाँण्डे

loading views..
Nepal Telcome

गोरखा। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदिय दलका नेता सुरेन्द्रराज पाण्डेले काङ्ग्रेसमा कुनै याेगदान नभएकाे बताएका छन् ।

बुधबार गाेरखा सदरमुकामकाे सत्यम हाेटेलमा भएकाे पत्रकार भेटघाटमा नेता पाण्डेले बिदेशमा जागिर खाएर बसेकाे मान्छेलाई सुशील काेईरालाकाे पालामा याेजना आयाेगकाे सदस्य र पछि सेर बहादुर देउवाकाे पालामा राष्ट्रिय याेजना आयाेगकाे उपाध्यक्ष बनाएर काङ्ग्रेस ठुलाे बिश्बास गरेकाे तर जसले याेजना आयाेगकाे उपाध्यक्ष बनाउने सेर बहादुर देउवालाई गाली गरेर निस्कनु गलत भएकाे टिप्पणी गरेका छन् ।

गाेरखामा डा स्वर्णिम वाग्लेकाे जम्मा दुई पटक प्रशिक्षणमा आएकाे भन्दै कुनै याेगदान नभएकाे बताए । स्वार्णिम वाग्लेकाे काङ्ग्रेसकाे सदस्य मात्र भएकाले काङ्ग्रेसलाई उनी अन्त जाँदा कुनै फरक नपर्ने बताए ।

स्वार्णिम वाग्ले काङ्ग्रेस भाकाे धेरै पनि नभएकाे र उनकाे काङ्ग्रेसमा लगानी नभएकाले टिकट पाईन्छ कि भनेर आउनु भाकाे थियाे पाउनु भएन जानू भयाे तनुहमा गाेरखामा भन्दा बुझेका काङ्ग्रेस भएकाले गाेबिन्द भट्टराईलाई कुनै असर नपार्ने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link