Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखामा युवाहरुमा सकारात्मक सोचको बिकास गराउने उद्देस्य सहित प्रेरणामूलक अभिमुखीकरण सम्पन्न

loading views..
Nepal Telcome

गोरखा। गोरखामा युवाहरुमा सकारात्मक सोचको बिकास गराउने उद्देस्य सहित प्रेरणामूलक अभिमुखीकरण प्रदान गरिएको छ । राष्ट्रिय जनवकालत मञ्च नेपालको आयोजनामा गुड डिड्स डे इन्टरनेसनलको अबसर पारेर जिल्ला भित्रका २ सय जनाभन्दा बढी युवायुवतीहरुलाई प्रेरणामूलक अभिमुखीकरण तालिम प्रदान गरिएको हो ।

मञ्चले गोरखा नगरपालिका, जिल्ला भित्रका बिभिन्नि गैह्रसरकारी संघसंस्थाहरु संगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको संस्थाका राष्ट्रिय संयोजक भेला भट्टराईले जानकारी दिए । पछिल्लो समय युवाहरुमा सकारात्मक सोचको अभावका कारण युवायुवतीहरु छिटो निरास हुने र मनोवल कमजोर हुने कारण सफलता प्राप्त गर्नबाट समेत बन्चित हुने जोखिम बढेका कारण युवायुवतीहरुमा सकारात्मक सोच स्वयम सेवाको साथै उनिहरुमा देश र आफ्नो काम प्रर्ति बफादार बनाउने उद्देस्यका साथ कार्यक्रमका आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा रमन भट्टराईले देश र काम प्रतिको उत्प्रेरणादायी भनाईहरु मार्फत युवाहरुलाई जागरुक गराएका थिए । कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख नगरप्रमुख कृष्णबहादुर रानामगर, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न समुदायहरुले आफ्नो संस्कृति झल्कने खालका भेषभुषाको लगाएर प्रर्दशन गरेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link