उपनिर्वाचनका क्रममा तनहुँ र चितवन हुदैँ चल्ने सवारी साधन नचलाउन गोरखा प्रहरीको आग्रह

उपनिर्वाचनका क्रममा तनहुँ र चितवन हुदैँ चल्ने सवारी साधन नचलाउन गोरखा प्रहरीको आग्रह

गोरखा। जिल्ला प्रहरी कार्यालय गोरखाले प्रतिनिधिसभाको उपनिर्वाचनका लागि भोली तनहुँ र चितवन भएर चल्ने अत्यावश्यक बाहेकका सवार नचलाउन अनुरोध गरेको छ । प्रहरीले तनुहँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा जिल्ला क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन क्रममा निर्वाचन प्रक्रियलाई असर नपर्ने गरि निर्वाचन स्वच्छ भएरहित तवरबाट सञ्चालन गर्न तिनवटै जिल्लामा बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन निषेध गरिएकाले गोरखा जिल्ला भएर ति क्षेत्रमा चल्ने सवारी साधान नचलाउन आग्रह गरेको हो । प्रहरीले सार्वजनिक सूचना मार्फत निर्वाचन आचरसंहिता बमोजिम तनहुँ र चितवन हुँदै सञ्चालन हुने अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्याङकर, दुध बोक्ने सवारी साधन, दमकल, दुर सञ्चार तथा केवल सेवा, शवबाहन , अस्पतालको स्वास्थ्यकर्मीको आवागमनमा प्रयोग हुने सवारीसाधन भने सञ्चालन गर्न पाइने उल्लेख छ । त्यस्तै फोहोरमैला ओसारपसारमा प्रयोग गर्ने साधन, तरकारी फलफुल तथा बिद्युत सेवा तथा नम्बर प्लेटमा सि डि उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधन पनि नियमित रुपमा सञ्चालन गर्न पाइने जनाएको छ । बिहान ५ बजेदखि बेलुकी ६ बजेसम्म सवारी साधन सञ्चालन गर्न निषेध गरिएसंगै गोरखा देखि काठमाण्डौ, पोखरा, चितवन लगायतका जिल्ला बाहिरका अन्य शहरका लागी छुट्ने लामोदुरीका सवारी साधनहरु सवै चल्न नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.