Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

पूर्ब गृहमन्त्री बादलका बिश्वासिला सुरक्षा सल्हाकार डा इन्द्रजीत राई पक्राउ

loading views..

पोखरा। तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार डा० इन्द्रजीत राईले नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पक्राउ परेका छन्। यसअघि पक्राउ परेका प्रतिवादीको बयानको आधारमा उनी पक्राउ परेका हुन्।
गृह मन्त्रालयमा रहँदा राईले ठगी गर्ने गिरोहलाई सघाएका थिए। पक्राउ परेका पाँच अभियुक्तमध्ये सानु भन्डारीले डा.राईको नाम लिएका थिए। आफुहरुले उठाएको पैसामध्ये केही राईलाई बुझाएको उनको बयान थियो। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनी ललितपुरबाट पक्राउ परेका हु्न्।
गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटार्नी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नौ सय जनासँग करिब एक अर्ब ठगी गरेको थियो। त्यसमध्ये एक सय ६० जनाले प्रहरीमा उजुरी दिएका थिए । ठगीमा सघाउने अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्