Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

उभौली चाड शुभकामना आदानप्रदानमा किराती सभ्यता र पहिचान प्रति गंभीर

loading views..
Nepal Telcome

पोखरा। प्रकृति पुजक किरातीहरूको उभौली चाड एवम माङखिम पोखरामा बिभिन्न कार्यक्रम तथा झांकी सहित मनाइयो।उभौली चाडको सन्दर्भमा आदवासी जनजाती आयोग नेपालका सदस्य शरन राईले उभौली चाडको शुभकामना ब्यक्त गर्दै पहिचान बारे विगत देखि नै आफु लागेको तर विडम्वना अहिले प्रदेश नम्वर एकको नाम कोशी रहन गयो।राईले प्रदेश एकको आन्दोलन प्रति प्रतिवद्धता जनाउदै भने नामाकरण पुनरावलोकन गर्न कोशी प्रदेश सरकारसँग आग्रह समेत गरे।

राष्ट्रीयगानका रचियता प्रदिप कुमार राई ब्यकुल माईलालाई सो कार्यक्रममा सम्मान गरिएको थियो।सम्मानपछि ब्यकुल माईलाले राष्ट्रीयगान रचाना अघि र पछिको अनुभव एंवम् किरातहरूको इतिहास सुनाए।माईलाले भने पहिचानको विषय राज्यको भएको बताए।अर्का वक्ता नारायण अधिकारी निश्चलले भने किरात सभ्यता संरक्षण एवम उभौली चाडको महत्व दर्शाउँदै पहिचानको आन्दोलन प्रति आफ्नो प्रतिबद्धता जनाए।उनले सामन्तवादको प्रमुख ढलेपनि प्रवृत्ति संग अझै संघर्ष जारि रहेको बताउँदै पहिचानवादीहरूलाई एकिकृत हुन आग्रह गरे।

आदवासी जनजाती गण्डकी परिषदका अध्यक्ष धर्म बहादुर गुरूङले भने उभौली चाडलाई पहिचानको पर्वको रूपमा ब्यख्या गर्दै विकासका निम्त पहिचान सहितको संघियतामा जोड् दिए।पोखराका वरिष्ठ पत्रकार कृष्ण प्रसाद बास्तोलाले भने उभौली चाड एकता र सदभावको रूपमा ब्यख्या गरे।यसैगरि पहिचानवादी अध्यता एवम कानुन ब्यवसायी विपिन आचार्यले भने किरात सभ्याता नेपालको ऐतिहासिक सभ्यता हो,उभौली अर्थात गिष्मकालिन चाड प्रकृति पुजक,भुमी पुजक एवम यो पर्व किराती जातीको पहिचान हो।आचार्य भने पहिचानको आन्दोलनमा सम्पुर्ण आदवासी जनजाती क्षेत्रका सबैले एकीबद्धता जनाउँदै अगाडि बढ्न सुझाव दिए।

साकेला सिल्ली नृत्य एवम सुनुवार समुदायले चण्डी नृत्य प्रदर्शन गरेका थिए।नृत्यले किरातकालिन प्राचीन सभ्यतालाई झल्काउने आयोजकले बताए।

उभौली चाडको कार्यक्रम किरात सेवा समाज कास्कीका अध्यक्ष दिपेन्द्र राइको अध्यक्षता भएको थियो भने स्वागत गंगा राईले गरेको थिईन।किरात समाज सेवा कास्कीका सचिव दिनेश सुब्बाले कार्यक्रम संचालन गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link