Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

स्थानिय सरकार सञ्चालन ऐन २०७४ काे अबज्ञा गर्दै गाेनपा शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का:रामबहादुर खड्का

loading views..
Nepal Telcome

गाेरखा। गाेरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काले स्थानिय सरकार सञ्चालन ऐन २०७४ काे अबज्ञा गर्दै हुँदै नभएकाे अधिकार प्रयाेग गरेर कानुनकाे धज्जी उडाएकाे गाेनपाका ११का वडा राम बहादुर खड्काले बताएका छन् ।

मंगलबार गाेरखा सदरमुकाममा गाेनपाका ७ जना वडा अध्यक्षहरुले पत्रकार सम्मेलन गर्दै शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काले नगर कार्यापालिका बैठकमा बहुमतकाे भ्रम छर्दै प्रशासनकाे दुरुपयाेग गरेकाे पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। वडा न ११ का वडा अध्यक्ष राम बहादुर खड्काले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काले राजिनाम दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।

निमित्त प्रमुख खड्काले वडा अध्यक्षकाे सिफारिसमा गाेनपा ९ का कार्यालय सहयाेगी गाेमा कुबँरलाई २०७९ । १०।०१ गते करार म्याद थपकाे सम्झाैता गरेर खाईपाई आएकाे १५००० हजार बाट १८९१७ बढाएर गम्भीर गल्ती गरेकाे उनकाे भनाई छ । कानुनले नदिएकाे अधिकार प्रयाेग गरेर कानुन हातमा लिएकाे उनले जिकिर गरे ।

कर्मचारी भएर नगरपालिका जस्ताे संस्थामा राजनिति गरि कर्मचारि बीच फाटाे ल्याउने काम गरेकाले शिक्षा शाखा प्रमुख खड्कालाई राजिनाम माग गरिएकाे वडा न ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले बताए ।७ जना वडा अध्यक्षहरुले सयुक्त पत्रकार सम्मेलन गर्दै अग्रेजी बिषयकाे शिक्षक नियुक्तिमा १५ जना मध्ये १ जनाकाे नाम मात्र निस्किए पछि अरु १४ जानले परिक्षा धाँधली भएकाे भन्दै नगर प्रमुखलाई निबेदन आए पछि नगर प्रमुखकाे स्वकिय सचिबले बुझ्न जाँदा चन्द्र बहादुर खड्का संग सामान्य भनाभन हुदा त्यसैलाई ठुलाे रुप बनाएर दम्भ देखाएकाे वडा अध्यक्ष राम बहादुर खड्काकाे भनाई छ ।

त्यस्तै अस्वाभाबिक र अमर्यादित व्यवहार गरेकाे हुदाँ शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काकाे अबिलम्ब राजिनाम माग गर्दै राजिनाम नआए नगरकार्यापालिका बैठक नबाेलाउन माग राख्दै गाेरखा नगरपालिकालाई नीति र बिधिमा चलाउनु पर्छ भन्ने मान्यताका साथ ७ जना वडा अध्यक्षहरुले गाेरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पुनलाई ज्ञापनपत्र बुझाएकाे ६ का वडा अध्यक्ष राजेन्द्र कुमार जाेशीले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link