Skip to content
Pokharapress Logo
२९ भाद्र २०८३, सोमबार

अग्नी सापकोटाको नेतृत्वमा २० भाइ चीनका लागि उडे

loading views..
Nepal Telcome

प्रमुख प्रतिपक्ष नेकपा एमालेको जम्बो टोली चीन भ्रमण सकेर फर्किए लगत्तै सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्रका अगुवा नेताहरू आज चीन भ्रमणमा निस्किएका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो । टोलीमा गणेश शाह,हितमान शाक्य,डिलाराम आचार्य,केशब नेपाल,प्रशुराम रम्तेल,जगत यादब,टेकेन्द्र प्रसाद भट्ट,सुबोधराज शिर्पाली,आशमान रोका,मनहरि तिमिल्सिना,लक्ष्मीकन्या बुढा,आङ्दावा शेर्पा,गिता कुमारी कँणेल,शेशुराम भण्डारी,हर्कबहादुर नेम्वाङ्ग,सुदर्शन बराल,प्रकाश श्रुष्ठ,गणेश मैनाली,कुबेर बहादुर ओलीको टोली अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको हो।

भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link