Skip to content
Pokharapress Logo
८ बैशाख २०८३, मंगलवार

दिननाथ शर्माले ओलीको भाषण ध्यान दिएर सुनें।

loading views..
Nepal Telcome

काठमाडौं। कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओली सहभागी राष्ट्रियसभा बैठक प्रचण्ड–माधव नेपाल समूहका नेकपा सांसदले आइतबार बहिस्कार गरे ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आएको उक्त समूहले राष्ट्रियसभा बैठकसमेत हठात अन्त्य गरेको भन्दै बहिस्कार गरे । तर, नेकपा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्मा र नेकपा विभाजनमा तटस्थ रहँदै आएका वामदेव गौतम भने बैठकमा सहभागी भए ।

यसअघि राष्ट्रियसभामा बोल्दै गौतम र शर्मा दुवैले प्रतिनिधिसभालाई दलीय विवादको शिकार बनाइएको भन्दै ओलीको आलोचना गरेका थिए । राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक नेकपाका ५० सांसद छन् । जसमध्ये २२ जनाले बैठक छाडेर हिंडेका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link