Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

संसद पुन:स्थापनाको बिकल्प छैन्:दमननाथ ढुंगाना

loading views..
Nepal Telcome

काठमाडौं। पुर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधि सभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनुपर्ने बताएका छन् ।यद्यपि अदालतले संविधान अनुसार फैसला गर्छ भन्ने बिश्वास आफुलाई भएको बताएका छन्।

संविधानसभा सदस्य मञ्च नेपालले सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा  ढुंगानाले संसद पुनः स्थापना हुन्छ कि हुन्न भन्ने बहस गर्दा संवैधानिक र राजनीतिक दुबै पक्षबाट हेर्नुपर्ने बताए ।संबैधानिक रुपमा हेर्दा संसद पुर्नस्थपनाको विकल्प नरहेको र राजनीतिक रूपमा के हुन्छ भन्न नसक्ने बताए ।

अहिले सर्बोच्च अदालतलाई कसले धम्क्याएको छ भन्ने पनि कम्पिटिसन भैरहेको छ ।कहिलेकाही त्यो कम्पिटिसनमा म पनि उत्रिउ कि जस्तो लाग्छ किनभने अदालतको काम कानुन बमोजिम फैसला गर्ने हो भने सर्बोच्च अदालतले प्रतिनिधि सभा जसरी पनि ब्युताउनु पर्छ ।अदालतमा राजनीति पस्यो भने के हुन्छ भन्न सकिंदैन।

`यसलाई अपमान नसम्झियोस।यदि सर्बोच्च अदालतले बलिदानी प्रधानमन्त्रीको सिफारिस हो,हामी उहाँको बलिदानीको अपमान गर्न सक्दैनौं  भन्यो भने संविधान सभाका सदस्यहरु र हामी नागरिकले भन्नुपर्छ ,`हे श्रीमान !तपाईंहरुको फैसलालाई हामी अन्यथा भन्न सक्दैनौं ,शिरोपर गर्छौं ।यो प्रतिनिधि सभा विघटनलाई मात्र सदर गर्ने होईन ,संविधान पनि बदर गरिदिनुस् । किनभने यो संविधान सभा माथिको प्रहार हो,संविधान माथि प्रहार हो,प्रतिगमन नै हो।´उनले भने

त्यस्तो होस् म भन्दिन।अदालतको पनि जवाफदेहिता छ,न्यायाधीशहरुले संविधान नाघेर फैसला गर्न सक्दैनन् ।

उनीहरुको पनि पदिय सुरक्षाको कुरा छ।सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ।हामीले संसारमा देखेका छौँ ।फिलिपिन्समा त म पुगेकै बेला त्यस्तो भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link